जनता संग माओवादी अभियान : व्यक्तिगत पैसाले त्रिनपा ९ मा खन्यो १ किलोमिटर सडक

पूर्णपुष्टि, ५ कार्तिक ।
जनता संग माओवादी अभियान अन्तर्गत त्रियुगा नगरपालिका ९ झिल्के टोलको उत्तरपटिको गाउँमा माओवादीले ब्यक्तिग पैसा उठाएर १ किलो मिटर सडक खनेको छ । सरकारको आँखा नपेरेको वस्तीमा ओवादी अभियानले सडक खनेको हो । नगरको छेउमै रहेको उक्त टोलमा हाल सम्म सडक जोडिएका थिएनन् ।

बत्तिमुनीको अध्याँरो बस्तीलाई उक्त अभियानले सहज बनाएको छ । आदी सडकको ट्र्याक खोलेर अलपत्र पारेको अवस्थामा पिकनिक स्पोर्ट सम्म माओवादी अभियानले सडक निर्माण गरेको हो । माओवादी नेताहरु किरण राई, मान वहादुर राई, राधारमण खतिवडा, मिन वहादुर बिश्वकर्मा (एमवी) लगायतका ब्यक्तिहरुलाई सामुहिक रुपमा पैसा उठाएर सडक निर्माण गरेको हो । सडक निर्माण हुने भएपछि त्यस ठाउँका जनताहरु उत्साहित भएको छ । सरकारबाट हुनु पर्ने काम माओवादीले गरेको भन्दै खुसी ब्यक्त गरेका छन् । त्यस ठाउँमा संघ, प्रदेश र स्थानीयको कुनै पनि आँखा परेका थिएन् । उक्त ठाउँमा सडक लगायत अन्य आवश्यकीय कुराहरु पनि आवश्यकताको रुपमा रहेको स्थानीयहरुको भनाई छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0