प्रकृतिक समाज सुधार समूह र टोल विकास संस्थाले देउसी खेलको पैसा भुकम्प पिडितलाई पठायो

पूर्णपुष्टि, ५ कार्तिक ।
उदयपुरको त्रियुगा नगरपालिका वडा नं ५ देउरीका प्रकृति समाज सुधार समूह र बालुवाटार टोल विकास संस्थाले देउसी भैलो खेलेर उठाएको भुकम्प पिडितलाई उपलब्ध गराएको छ । अन्य संस्थाहरुले देउसी खेलेको पैसाले पिकनिक खाईरहँदा यस संस्थाले भने सामाजिक कार्यमा खर्च गरेको हो । दुवै संस्थाको सामुहिक बैठकले देउसी भैलोमा जम्मा भएको रकम भुकम्प पिडितलाई पठाएको हो ।  कार्तिक १८ गते जाजरकोट र रुकुम पश्चिममा गएको बिनासकारी भुकम्पले धनजनको ठुलो क्षती गरेको छ । देशैभरीबाट बिभिन्न सामाजिक संस्थाहरुले त्यस क्षेत्रका पिडितहरुलाई राहत उपलब्ध गराउँदै गर्दा यस प्रकृतिक समाज सुधार समूह र वालुवाटार टोल विकास संस्थाले पनि राहतका लागि आर्थिक सहयोग गरेको हो ।

मंगलबार प्रकृतिक समाज सुधार समूहका अध्यक्ष बुद्धिमान तामाङ र टोल विकास संस्थाका अध्यक्ष मन प्रसाद गुरुङ सहितको पदाधिकारी टोलीले जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई रकम बुझाएको भौचर हस्तान्तरण गरेको छ । संस्थाले भुकम्प पिडितलाई रु ५० हजार ५१ नगत प्रदान गरेको हो । उक्त संस्थाले बिगत देखीनै सामाजिक कार्य र सिर्जनशिल काममा खर्च गर्दै आएको अध्यक्ष बुद्धिमान तामाङले जनाए । रकम उपलब्ध गराएको जिल्ला प्रमुख अधिकारी गौतमले दुवै संस्थालाई धन्यवाद ब्यक्त गरे । नेपाल पत्रकार माहासंघ उदयपुरका अध्यक्ष भरत खड्का, कान्तीपुर टेलिभिजनका जिल्ला सम्वाददाता भोटराज राई र पत्रकार सुपराज राई लगायतको पत्रकारहरु सहितको रोहवरमा प्रशासन कार्यालय मार्फत सहयोग हस्तान्तरण गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0