उदयपुरमा सवारी ज्यान र लागुऔषध मुद्धाका फरार दुई युवक पक्राउ

पूर्णपुष्टि, मंसिर ६ । उदयपुरमा सवारी ज्यान र लागुऔषध मुद्धाका २ जना फरार युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौदण्डिगढी न.पा १ बस्ने २१ बर्षीय सुर्य परियार र ताप्ली गा.पा १ बस्ने २४ बर्षीय पुकार भन्ने लेख हादुर मगर रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार जिल्ला अदालतले सुर्य परियारलाई सवारी ज्यान मुद्धामा १ बर्ष ११ महिना ८ दिन कैद सजाय र पुकारलाई लागुऔषध मुद्धामा ११ महिना ५ दिन कैद सहित ५ हजार जरिवाना तोकेको थियो । जिल्ला प्रहरी कार्यालय तथा ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई मंगलबार पक्राउ गरेको डिएसपी चौधरीले बताए । पक्राउ परेका उनिहरुलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0