उदयपुरमा जारी मुद्धाका एक महिला सहित २ जना फरार प्रतिवादी पक्राउ

पूर्णपुष्टि, मंसिर ७ ।उदयपुरमा जारी मुद्धाका एक महिला सहित २ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलका नगरपालिका–३ बस्ने महेन्द्र राई र बे.न.पा ४ बस्ने माया देवी बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसप) हरिनन्दन चौधरीका अनुसार जारी मुद्धामा जिल्ला अदालतले उनिहरुलाई १५ दिन कैद र रु १–१ हजार रुपैँया जरिबान सजाय तोकेता पनि फरार रहेका थिए । फरार रहेका उनिहरुलाई जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले बिहिबार पक्राउ गरेको डिएसपी चौधरीले बताए । पक्राउ परेका उनिहरुलाई फैसला कार्यान्वयनका लागी जिल्ला अदालत पठाईएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
1
+1
0
+1
0
+1
0