उदयपुरमा पिकनिकबाट फर्किएको बस दुर्घटनामा ३ को मृत्यु , १२ जना बिराटनगर रेफर

पूर्णपुष्टि, ९ मंसिर । उदयपुरको त्रियुगा नगरपालिका ५ देउरी स्थित अन्नपूर्ण अग्रेजी विद्यालयको स्कुल बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने गम्भीर १२ जनालाई बिराटनगर रेफर गरिएको छ ।

मुत्यु हुनेहरुमा चालक ४० वर्षिय भिखन चौधरी, त्रिनपा ६ की ७ वर्षिय विकास चौधरी र सोही ठाउँकी ६ वर्षिया बालिका सन्या चौधरी रहेकी छिन् । अन्य घाईतेहरुलाई पनि रेफर गर्ने क्रम जारी रहेको छ । केहीको जिल्ला अस्पताल उदयपुरमा सामान्य उपचार भैरहेको छ । स्थानीयहरुका अनुसार पिकनिक खान गएका अभिभावक र विद्यार्थीहरु चडेको बस उदयपुरगढी ७ जोगिटोलमा दुर्घटना भएका थिए । घाईतेहरुलाई जिल्ला अस्पताल उदयपुरमा ल्याएर बाहिर रेफर गर्ने काम भैरहेको छ । घाईतेहरुको पहिचान हुन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
3
+1
0
+1
1
+1
1
+1
3
+1
20