उदयपुरमा लागुऔषाध प्रयोगकर्ताहरुको सामुहिक प्रतिबद्धता, “आई डियर नो ड्रग”
म पनि यो बेला अन्य साथीहरु जस्तै ठुला पोष्टका सम्मानित ब्यक्ति हुन्थे होला, अहिले मेरा साथीहरु कोही डिएसपी त कोही एसपी छन्
। कोही अमेरीका त कोही अस्टे«लिया छन् कोही अधिकृत भए, तर म भने जाहाँको तहीँ । उदयपुर त्रियुगा नगरपालिका ११ संगम टोलका सागर नेपाल विद्यालयका इमान्दार विद्यार्थी थिए । राम्रै बातावरणमा पठनपाठन गर्दै गरेका नेपाल जव एसएलसी सकेर बिराटनगर पढ्न गएपछि अचानक साथी सँगतमा घुलिए । गलत साथीका सँगतका कारण आज प्रगतिका लागि १५ बर्ष पछि आफु पछि धकेलिएको नेपालले सुनाए । उनले दुव्र्यसनीको कयौँ तितो अनुभवहरु सुनाउँदै भने,“ म यसैको कारण पटक पटक मृत्युको मुखबाट फर्केको मान्छे हो । मेरो परिवारमा मलाई केहीको कमि थिएन, मैला राम्रो गर्न चाहाँदा घरपरिवारबाट कुनै समस्या थिएन । म सँग हरेक अवसर र सुविधा हुदाहुँदै पनि मलाई लागुऔषाधले थप १५ बर्ष पछि बड्खालोमा पुरायो । मैले गर्दा आमा बाबुलाई मानसिक रोग निम्त्याए । मेरो कारण बाबु आमाले कयौँ अपमान र भनाईहरु सहनु पर्यो । मेरो बुबा नेपाल प्रहरीको जागिरे आमा प्रशासनको कर्मचारी, उनिहरुको कयौँ इज्जत दुव्र्यसनीको कारण मैले माटोमा मिलाए । ३२ बर्ष सम्म सरकारी जागीर खाको मेरो आमाको १६ बर्षको तलब चै मैले लागुऔषाधमा सिध्याय । मैले मेरो पढाई र करियर तहस नहस बनाई सकेको थिए । कायौँ पटक काठमाण्डौँको सडकमा कुकुरझै जिन्दागी बिताए । कयौँ पटक बेहोस बएर ढले कयौँ पटक मृत्यु सम्म पनि रोजे, मेरो यस्तो हर्कतका कारण आमा निकै रोगी हुनु भयो, मानसिक रोगका कारण आमाको स्वास्थ्य अवस्था नाजुक हुँदै गयो । मेरो मनमा लाग्थ्यो अब त लागुऔषाध खानु हुँदैन, तर शरिरले काहा मान्दैनथ्यो र ? एक दिन मैले कठोर निर्णय गर्नु पर्नेथीयो कि ! आमा त्याग्नु की त लागुऔषाध । यो निकै गम्भीर निर्णयले मलाई आमा रोज्न निर्देशन गर्यो र मैले लागुऔषाध त्याँगे । लागुऔषाध त्याग गर्न म ४ महिना लाहानको रिहावमा समेत वसे । तर मैले जव लागुऔषाध त त्यागे त्यसको ठिक दुई बर्षपछि आमा र बाबा गुमाए । यसले नेपाललाई निकै दुखित बनायो । आमा बाबाको लागि त्यागेका लागुऔषाध आमाबाबाले नै छोरा सुध्रिएको हेर्ने अवसर पाएन, भक्कानिदै सागरले भने, मैले दुव्र्यसन त्याग्न निकै ढिलो गरेछु । अहिले सागर करिब १५ बर्ष देखी लागुऔषाधदेखी पर छ । लागुऔषाध त्याग्दै गर्दा सागर निके छटपटिए छोड्न निकै कष्टकर जिवन विताए । तर मैले दुव्र्यसनलाई भुलेर पून ः सामाजिकीकरण भएर जिवन विताईरहेको छु । यसलाई भोलीबाट हैन अहिलेबाटै त्याग्ने प्रण गर्नुस नसा लागेपछि छुट्न गहे हुने हुँदा सुरवात नै नगर्न नेपालले सुझाव दिए ।

साथीहरुले खाने आफु चे नखाने भएपछि अभियान्ताउदयपुरमा दिनहु बढिरहेको लागुऔषाध दुव्र्यसन न्युनिकरण गर्न दुव्र्यसनमा फसेका प्रयोगकर्ताहरुलाई मनोपरार्मश र पून ः सामाजिकीकरण गरिएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरको दुव्र्यसन रोकथाम (एमडिआई) अभियान मार्फत प्रयोगकर्ताहरुलाई मनोपरार्म दिईएको हो । उनिहरुलाई यसको असर र हानी नोक्सानीबारे प्रष्ट पारिएको छ ।

सोनिया

उनले चुरोट देखी सुरु गरेको दुव्र्यसनको यात्रा ब्राउन सुगर सम्म पुग्दा पनि सम्माहलिएन कयौँ पटक मृत्युको मुखमा पुगेर आफु पूर्नजिवनमा आएको नेपालको अनुभाव छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0