उदयपुर बस दुर्घटना : मृतकको पोष्टमार्टमका लागि आफन्तको जाहेरी कुर्दै प्रहरी

पूर्णपुष्टि, १० मंसिर ।
बस दुर्घटनामा मृतक तिन जनाको अझै पनि पोष्टमार्टम हुन सकेको छैन । घाईतेहरुलाई बिराटनगर पठाएर मृतक तिन जनालाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल उदयपुरमै राखिएको थियो । दुर्घटनामा त्रियुगा नगरपालिका ५ का ४० बर्षिय बस चालक भिखन चौधरी, ७ बर्षिय बिकास चौधरी र ६ बर्षिया सन्या चौधरीको मृत्यु भएको थियो । उनिहरुलाई हिजै जिल्ला अस्पता उदयपुर पोष्टमार्टम भवनमा राखिएको छ । प्रहरीका अनुसार आफन्तको जाहेरी नआएकाले पोष्टमार्टम नभएको जानकारी दिए । उदयपुर प्रहरी प्रवक्त डिएसपी हरिनन्द चौधरीका अनुसार आफन्तबाट प्रहरीमा जाहेर आएपछि पोष्टमार्टमको काम अघि बढ्ने जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
3