उदयपुरमा चोरी मुद्धाका फरार दुई युवा पक्राउ

पूर्णपुष्टि, मंसिर १२ । उदयपुरमा चोरी मुद्धाका २ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–३ बस्ने २४ बर्षीय कलाम महमद र २५ बर्षीय अहमद कलामुदिन रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार जिल्ला अदालतले चोरी मुद्धामा ११ महिना ४ दिन कैद र जनहि १०–१० हजार रुपैयाँ जरिवान तोकेको हो । फरार रहेका उनिहरुलाई अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले सोमबार पक्राउ गरेको डिएसपी चौधरीले बताए । पक्राउ परेका उनिहरुलाई फैसला कार्यन्वयनको लागि जिल्ला अदालत पठाईएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0