उदयपुरमा लागुऔषध मुद्धामा फरार रहेको एक ब्राउन सुगर सहित पक्राउ

पूर्णपुष्टि, मंसिर १३ । उदयपुरमा लागुऔषध मुद्धामा फरार रहेको एक जनालाई प्रहरीले ब्राउन सुगर सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–१३ बस्ने ३५ बर्षीय प्रशान्त कार्की रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार लागुऔषध मुद्धामा वारदात पश्चात फरार रहेका कार्कीलाई आईतबार जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले ब्राउन सुगर सहित पक्राउ गरेको हो । कार्कीको घर खनतालसी गर्दा लागूऔषध ब्राउन सुगर १ ग्राम ९१० मिलिग्राम फेला पारेसँगै उनलाई नियन्त्रणमा लिईएको डिएसपी चौधरीले बताए । पक्राउ परेका कार्कीको जिल्ला अदालतबाट ४ दिनको म्याद थप गरि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0