गाईघाटमा सडक बत्तिको लाईन काँटीदा छायो अन्धकार

पूर्णपुष्टि, १७ मंसिर ।
नेपाल बिद्युत प्राधिकरण उदयपुर बितरण केन्द्रले शुक्रबारदेखी बजार आसपासको सडक बत्तिको लाईन काटेपछि अन्धकार छाएको छ । मुख्य सडकहरुमा सडक बत्ति नहुँदा रातको समय अन्धकारमय बनेको छ । ब्यपारी र सवारीको बत्तिले बजार संञ्चालीत छन् । त्रियुगा नगरपालिकाले २ करोड ५७ लाख ५६ हजार ५२४ रुपयाँ महसुल बक्यौता नतिरेपछि प्राधिकरण लाईन काट्न बाध्य बनेका थिए । पटक पटक नगरलाई ताकेता गर्दा पनि बेवस्ता गरेपछि केन्द्रको निर्देशनमा उदयपुर प्राधिकरणले लाईन काटेका थिए । गाईघाट बजार आसपास मदन भण्डारी राजमार्गको मेनचोक बाहेकका सडक बत्तिको लाईन पूर्ण रुपमा काटिएको छ । सडकमा बत्ति नबल्दा अस्तव्यस्त सडक र बजार पसलहरु बनेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0