३ बर्षदेखी थलिएको उदयपुरगढीका एक बिरामीलाई माओवादीले उद्धार गर्यो

पूर्णपुष्टि, १७ मंसिर ।
माओवादीले संञ्चालन गरेको बिषेश रुपान्तरण अभियानले बिरामीको उद्धार गरेको छ । उदयपुरगढी गाउँपालिका १ व्बाँसेका ४० बर्षिय नरजीत राईको उद्धार गरिएको हो । अभियानका प्रमुख तथा माओवादी केन्द्रका संघीय सदस्य मुकसामहाङ मेयाङबो ‘मुकेश’को नेतृत्व टोलीले एम्बुलेन्स व्यवस्था गरी बिरामी राईलाई धरान घोपा क्याम्प पठाएको छ । तीन वर्षपहिले आफ्नै श्रीमतीलाई टिबी रोग लागेर निको पारी घर ल्याएका राई पुनः उक्त रोग आफैमा देखिएपछि समस्यामा थिए । माओवादीको तीन महिने अभियानले रचनात्मक कार्यहरु गरिरहेको स्थानीयहरु बताउँछन् ।

त्यस्तै अभियानले उदयपुरगढी–१ गैइया स्थित पार्टीको टोल कमिटी, वाइसीएल नेपाल, रिटर्नी सेन्टर र अखिल नेपाल महिला सघ क्रान्तिकारीको टोल समिति गठन भएको छ । समितिका पदाधिकारीलाई संघीय सदस्य मेयाङवोले सपथ ग्रहण गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0