उदयपुरमा गाँजा सहित ३ युवक पक्राउ

पूर्णपुष्टि, मंसिर २१ । उदयपुरमा लागुऔषध गाँजा सहित ३ युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका–५ का १९ बर्षीय रुपेश कार्की, १९ बर्षीय निर्पन खत्री र चन्दन प्रसाद घिमिरे रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रवक्ता ऋषिराम कंडेलका अनुसार त्रियुगा नगरपालिका–६ स्थितमा ईलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उनिहरुलाई ४ सय ग्राम गाँजा सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्बन्धमा प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
1