गाईघाटको सडक पेटी र पार्किङ ब्यवस्थाबारे ब्यपारीहरु सँग बृहत छलफल

पूर्णपुष्टि, २२ मंसिर ।
गाईघाटको बढ्दो सहरीकरण व्यवस्थापन गर्न सम्बन्धित निकायहरुले ब्यपारी सँग बृहत छलफल गरेको छ । शुक्रबार त्रियुगा नगरपालिकाको सभाहलमा स्थानीय सरकार, ट्राफिक प्रहरी, जिल्ला प्रहरी, त्रियुगा उद्योग काणिज्य संघ र ब्यपारीहरुको उपस्थितिमा बृहत छलफल तथा अन्तरक्रिया भएको हो ।छलफलमा बजारमा फुटपाथ, सवारी पार्किङ, सडक पेटिको व्यवस्थापनबारे सामाधानको पाटो खोजिएका थिए । जस मध्ये पार्किङका लागि बजारको मदन भण्डारी हाईवेमा पर्ने जिके पुस्तक पसल देखी पश्चिम आँखा अस्पताल सम्म कुनै पनि सवारीहरु पार्किङ गर्न निषेश गरिएको छ । यता जिके पुस्तक पसलदेखी पूर्व पिजि चोक सम्मको एक साईड भने पार्किङ व्यवस्था गरिने प्रस्ताप पारित भएको छ । यस्तै गरी फुटपाथलाई पनि करको दायरामा ल्याएर निश्चित स्थान तोकिने भएको छ । त्यस्तै सडक पेटीमा भएको ब्यपारहरु भने १५ दिन सम्मा हटाउन र मापदण्ड अनुरुप ब्यपार संञ्चालन गर्नु पर्ने छलफल भएको छ । त्यसका लागि नगरपालिकाले १५ दिनको म्याद हुनेगरी सूचना जारी गर्ने भएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
3
+1
0
+1
2
+1
0