ट्राफिक प्रहरी उदयपुरको निश्कर्ष : अधिकांश दुर्घटना सडक मोड र तिव्रगती

पूर्णपुष्टि, २४ मंसिर ।
जिल्ला ट्राफिक प्रहरी र जिल्ला प्रहरी कार्यालयले उदयपुरका अधिकांश दुर्घटना सडककै प्राविधिक समस्या रहेको औँल्याएको छ । मापदण्ड अनुसारका सडक निर्माण नहुँदा अत्यादिक सडकको घुम्ती मोडहरुले दुर्घटना निम्तिएको उदयपुर प्रहरी र उदयपुर ट्राफिक प्रहरीको निष्कर्श छ ।

उदयपुर हुँदै गएको मदन भण्डारीमा पछिल्लो समय दैनिकी जसो दुर्घटना भैरहेको छ । यस राजमार्ग उदयपुर भित्र करिब ११७ किलोमिटर पर्न जान्छ । त्यस्तै सगरमाथा हाईवे ६९ किलो मिटर र सिद्धिचरण हाईवे ७६ किलो मिटर पर्छ । यी राजमार्गहरुमा दुर्घटनाहरु प्राय सडकले मोड लिएको स्थानहरुमा भैरहेको कार्यालयको भनाई छ । सडक मोड सँगै थप दुर्घटनाको अर्को मुख्य कारण भनेको चालकहरुको तिव्र सवारी गति रहेको ट्राफिक इन्चार्ज लोक बहादुर दियाली बताउँछन् ।

मदन भण्डारी हाईवेमा धेरै मोडहरु रहेको छ । प्राय उदयपुरगढी ७ अधेँरीमा रहेको मोडमा दुर्घटनाहरु भैरहेको छ । त्यस ठाउँमा कायौँ दुर्घटनाहरु भैसेको छ । तिव्र गती र सडकको मोडलाई रिभ्यु गर्ने हो भने दुर्घटना कम हुन्छ, एसपी रमेश थापाले भने । थापाले त्यस्ता ठाउँहरुमा हालै प्रहरी र ट्राफिकले गर्न सक्ने सबैखाले सुरक्षा सामाग्रीहरु राखिएको जनाए । एसपी थापाले सडकको अत्यादिक मोड त्यसमाथी नै सवारीको स्पिडले दुर्घटनाको अवस्था नाजुक बन्दै गएको जनाए ।

सिधा गैरहेको सडक एक्कासी मोडमा परिणत हुँदा अर्को साईडको लेनमा सवारी पुग्दा आमने सामुनेको क्रममा बढी दुर्घटना फैलिएको एसपी थापाको भनाई छ ।

बढ्दो शहरीकरण सँगै बढ्दो सवारी चाप र राजमार्गहरुको कारण सडक दुर्घटना न्युनिकरणमा सम्बन्धित निकायलाई चुनौती थपिएको छ । उदयपुर गृह जिल्ला भएको उपसभामुख सिर्जना दनुवारले यसको नियन्त्रणमा सवै निकाय लागि पर्नु पर्ने जनाईन् । उदयपुर प्रहरी कार्यालयमा आईतबार भएको सडक दुर्घटना न्युनिकरण बारे छलफलमा उनले दुर्घटनाको जोखिम सडकलाई पूनः निर्माण गर्नु पर्ने बताईन् । उनले यसबारे अफु पनि लागि पर्ने र सम्बन्धित सबैलाई लागि पर्न अनुरोध समेत गरिन् । यस्तै उपमेयर महेश्वरी राईले सडक दुर्घटना न्युनिकरनमा स्थानीय सरकार लागि पर्ने जनाईन् । ट्राफिक कार्यालय उदयपुरका तथ्याङ्क अनुसार उदयपुरमा गत बर्ष मात्रै ४४ जनाको मृत्यु भएको थियो भने २७७ जना घाईते भएका थिए । यस आर्थिक बर्षका मंसिर महिना सम्म ३४ जनाको मृत्यु भैसकेको छ भने १८३ जना घाईत अवस्थामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1