पुर्वी स्टार गायन प्रतिभामा सहभागी हुन मंसिर अन्तिम सम्म आवेदनको समय, प्रथम पुरस्कार ४ लाख र सुनको सिक्री

पूर्णपुष्टि, २४ मंसिर ।
हाङ अनलाईन म्युजिक प्रालिले आयोजना गर्न लागेको पुर्वी स्टार गायन प्रतिभा प्रतियोगितामा सहभागी आवेदनको समय अन्तिम हुँदै गएको छ । मंसिर १५ देखी सुरु भएको आवेदनको समय अन्तिम चरणमा पुगेको हो । सहभागीका लागि इच्छुकहरुले यहि मंसिर अन्तिम सम्म आवेदन दिसक्नु पर्ने आयोजकले जनाएको छ । उक्त प्रतियोगिताका लागि प्रतिभा खोज्दै आयोजक सहित निर्देशकको टोली उदयपुर आएका छन् ।

पुर्वको पहिचानका लागि लुकेका प्रतिभाहरु उजागर गर्ने भन्दै उक्त प्रतियोगिता संञ्चालन हुन लागेको हो । आयोजकका अनुसार यस प्रतियोगिता बिजेताले रु ४ लाख नगद र सुनको सिक्रि, एक थान ट्रफि, प्रमाण पत्र र एउटा गित रेकर्ड लगायत अन्य सुविधाहरु पाउने छ । त्यस्तै उपविजेताले नगद रु एक लाख ५० हजार, ट्रफि, प्रमाण पत्र र एउटा गित लगायतका सुविधा पाउने छ । यस्तै प्रतियोगितामा तेस्रो हुनेले भने नगद रु ५० हजार, ट्रफि, प्रमाण पत्र र एउटा गित रेकर्ड पाउने छ ।

उनिहरुलाई अन्य विदेशका लागि पनि कार्यक्रमहरुको सुविधा रहेको आयोजकले जनाए । उक्त प्रतियोगितामा पहिलो चरण्का अडिसन भने अनलाईन बाट हुने छ । आयोजकको ह्वाटस अप नं मा गित गाएर भिडियो पठाउनु पर्नेछ । यस अडिसनमा पास हुने सहभागीले दोस्रो चरणका लागि पून ः ट्«याकमा गित गाएर सोही ह्वाटस अप नं मा फठाउनु पर्नेछ । उक्त चरण पनि पास गरेपछि ग्राण्ड फिनालीका लागि धरानमा सहभागी हुनु पर्नेछ । आवेदनका लागि शुल्क रु १ हजार तोकिएको छ । प्रतियोगितामा सबैखाले भाषाभाषीका गितहरु प्रस्तुत गर्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0