गाईघाटमा भएको आगलागीको क्षती विवरण, कुन पसलमा कति क्षती

र्णपुष्टि, २५ मंसिर ।
गाईघाटमा आईतबार बेलुका भएको आगलागीमा दुई करोड बढी क्षती भएको छ । बजार स्थित त्रियुगा नमुना माविको भवन पछाडी सोही विद्यालयको सटरहरुमा आगो लागेका थिए । आगो लाग्दा ५ ओटा पसलहरु पूर्ण रुपमा जलेर ध्वस्त भएको छ । यता विद्यालयको १० ओटा सटरहरु पनि जलेको छ । उदयपुर प्रहरीका अनुसार विद्यालयको भवन र ५ ओटा पसलको मात्रै २ करोड १४ लाख ५० हजार बराबरको क्षती पुगेको छ । राज अटोको ७० लाख, महालक्ष्मीको ३० लाख, राम उद्गारको अढाई लाख, इजिकुलको ८ लाख, पण्डित पानको ५ लाख गरी १ करोडा १४ लाख ५० हजार क्षती पुगेको छ भने १० ओटा स्कुलको सटरमा १ कारोड क्षती भएको छ । यस बाहेक अन्य पसल होटलहरुमा पनि क्षती पुगेको प्रहरीले जनाएको
छ । नर सिंहको १५ लाख, किरण होटलको १५ लाख, शाही होटलको ५० हजार, कोशेली घरको २० हजार र चाँदनी साईकलको ६० हजार गरी ३१ लाख ३० जम्मा २ कारोड ४५ लाख ८० हजार बराबरको धनमालमा क्षती पुगेको हो । आगलागीका कारण बिद्युत सर्ट भएको जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
4
+1
1