“एउटै पुस्तामा समृद्ध लिम्चुङबुङको माहाअभियान घोषणा” सडकलाई बिषेश प्राथामिकता

पूर्णपुष्टि, २६ मंसिर ।
उदयपुरको पहाडी पालिका लिम्चुङबुङले समृद्ध लिम्चुङबुङको सपनालाई माहाअभियानको रुपमा अघि सारेको छ । एउटै पुस्तामा समृद्ध बनाउने लिम्चुङबुङको सपनालाई पालिकाले सोमबार एक बिषेश कार्यक्रमका साथ अभियाननै घोषणा गरेको छ । अभियानले पालिकावासीहरुलाई सुखी र खुसी बनाउने भन्दै सो घोषाणा गरेको हो । यसका लागि पालिकामा आवश्यक विकासहरु पुरा गर्दै जाने जनाएको छ ।

पालिका अध्यक्ष मेजर कुमार राईले स्थानीय सरकारले धेरैजसो जन आवश्यकताहरु पुरा गरेको भएपनि समृद्धका लागि त्यसले मात्रै काफि नहुने जनाए । थप ठुलो योजनाहरु पुरा भएमा आर्थिक बिकास हुने र आर्थिक बिकास सँगै लिम्चुङबुङ समृद्ध बन्न सक्ने जनाए । पालिकालाई आर्थिक बिकासको रुपमा जोड्न त्यहाँ बिकासका पूर्वधारहरु तयार गर्नु पर्ने भन्दै त्यस तर्फ पालिका अग्रसर भैरहेको जनाए । माहाअभियान सफल हुन पालिका एक्लैले नसक्ने जनाए । सिमित स्रोत साधनका कारण बिकासले गति लिन नसक्दा अभियान सफल बनाउन पालिकाले अन्य स्थानीय सरकार सँग पनि साथ समन्वय खोजको छ ।

लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर कुमार राई अभियान घोषणाबारे आफ्नो भनाई राख्दै ।

बिकासका पूर्वधारहरु पुरा गर्न लिम्चुङबुङ गाउँपालिकालाई संघिय सरकार, प्रदेश सरकार र अन्य छिमेकी स्थानीय सरकार सहित, संघ संस्था, राजनितिक दल, पालिकावासीहरु सबैको आवश्यक रहेको अध्यक्ष राईले जनाए । हामिलाई साथ दिनुस समृद्ध लिम्चुङबुङको सपना हामि साकार बनाउँछौ, अध्यक्ष राईले भने, सबैको साथ सहयोग मिले भने मात्रै समृद्ध लिम्चुङबुङको सपना साकार हुनेछ । सपना सकार बनाउन हामि नेतृत्व गछौँ तपाईहरु हामिलाई केवल साथ दिनुहोस् अध्यक्ष राईले थपे ।

राईले लिम्चुङबुङलाई सहजै समृद्ध बनाउने मुख्यतया दुई पूर्वधारहरुलाई तयार गर्नुपर्ने जनाए । एउटा पक्की सडक र अर्को पर्यटन प्रवद्र्धन । राईले लिम्चुङबुङ सम्म पक्की सडक मात्रै निर्माण हुने हो भने पालिकाका ९० प्रतिशत समस्या स्वत हल हुने जनाए । सडक राम्रो भए छोटो समयमै तराई फाँट अन्य जिल्लाबाट लिम्चुङबुङमा धेरै पर्यटनहरु भित्रिन सक्ने जनाए । यस ठाउँबाट हलेसी पनि नजिकै रहेको हुँदा लिम्चुङबङलाई फाईदा हुने अवस्था छ । एभरेष्ट भ्यु टावरबाट ८ हजार माथिका ६ ओटा हिमाल एकै साथ हेर्न सकिन्छ । गाउँमा पशुपालन मौलाएको छ । कृषि र कृषकहरु बढेको छ । फलफुल उत्पादन बढ्दो छ । शिक्षा, स्वास्थ्य, सुरक्षा र संञ्चारमा पनि विकास भएको छ । तर सडक अभावले यसलाई टाढा बनाएको छ । यी सबैलाई नजिक जोड्न सडकको आवश्यकता छ , राईले भने । उनले यो सबै समधान गर्नकै लागि आफुले माहाअभियान घोषणा गरेको जनाए । अभियान सफल भएमा लिम्चुङबुङ समृद्ध हुने राईको भनाई छ । आज हामिले अभियान घोषणा गरेका छौँ, सबैको साथ सहयोगले लिम्चुङबुङलाई छिट्टै समृद्ध पनि घोषाणा गर्नेछौ राईले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0