सुगरका बिरामी मनि कुमारलाई नेपाल कपडा तथा सिलाई व्यवसायी संघ उदयपुरको आर्थिक सहयोग

पूर्णपुष्टि, २६ मंसिर ।
अचानक सुगरले हस्पिटलको आईसियुमा पुगेका त्रियुगा नगरपालिका वडा नं ३ मोतिगडाका सिलाई व्यवसायी मनि कुमार परियारलाई नेपाल कपडा तथा सिलाई व्यवसायी संघ उदयपुरले आर्थिक सहयोग गरेको छ । संघका साधारण सदस्य समेत रहेको परियारलाई कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले रकम उठाएर सहयोग गरेको हो ।

सिलाई व्यवसायीबाटै जिविको पार्जन गर्दै आएको परियारलाई सुगरले अचानक च्यापेको थियो । उपचारका लागि धरान घोपाको आईसियुमा परियारको उपचार भैरहेको छ । संघकी अध्यक्ष ज्ञानु प्रधान सहित सचिव संगिता खड्का, सह सचिव अन्सारुल अलि र कोषाध्यक्ष प्रमीला परियारको टोलीले हस्पिटलमै पुगेर आर्थिक सहयोग गरेको हो ।

अध्यक्ष प्रधानले छोरीको बिहेको भोलिपल्टै परियारलाई सुगरले च्यापेको जनाईन् । छोरीको बिहेमा खर्च सबै सकिएपछि आफ्नो उपचार गर्न आर्थिक समस्या परेको थियो । सोही अवस्थालाई मध्यनजर गर्दै संघले सबैको पहलमा सक्दो आर्थिक सहयोग गरेको प्रधानको भनाई छ । आर्थिक अवस्था कम्जोर भै उपचारमा समस्या हन नदिन संघले पनि थोरै रकम सहयोग गरेको प्रधानको भनाई छ । परियारलाई संघले १६०५५ रुपयाँ सहयोग गरेको छ । कतिपय साना साना रकमहरुले पनि ठुलो उपचार गर्न सकिन्छ, “हामिले ठुलो रकम प्रदान गर्न नसकेपनि उपचार बाहेकका औषधी जन्य खर्चका लागि रकम प्रदान गरेका छौँे प्रधानले भनिन् । संघले यस पहिले पनि भुकम्प पिडितहरुलाई रकम संकलन गरि केन्द्रमा पठाएका थिए । संघ पछिल्लो समय सामाजिक सेवामा पनि सक्रिय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0