उदयपुरमा प्रदेश स्तरीय कराते प्रतियोगिता सुरु

पूर्णपुष्टि, २९ मंसिर ।
उदयपुरमा प्रथम कोशी अन्तर प्रदेश आमन्त्रित कराते प्रतियोगिता शुक्रबारबाट सुरु भएको छ । गाईघाट स्थिति थारुहट रंगशालामा प्रतियोगिता सुरु भएको हो । त्रियुगा, कटारी, चौदण्डीगढी, बेलका नगरपालिकाको संयुक्त सहयोग तथा जिल्ला सितोरियो कराते संघ उदयपुरको मुख्य आयोजना, जिल्ला कराते माहासंघ सह आयोजना र नगर युवा तथा खेलकुद विकास समिति उदयपुरको समन्वयमा प्रदेश स्तरीय कराते प्रतियोगिता संञ्चालन भएको हो ।

प्रतियोगितामा झापा, मोरङ, सुनसरी, संखुवासभा उदयपुर लगायतका करिब ९ ओटा जिल्लाहरु सहभागी छन् । उदयपुरका कराते प्रशिक्षक प्रकाश राम राईका अनुसार १५ स्वर्ण, १५ रजत र ३० काश्य गरी जम्मा ६० पदकहरु रहेका छन् । यी ६० पदकमा जम्मा १२० खेलाडीहरु भिड्ने प्रशिक्षक राईको भनाई छ । खेलमा पुरुष तर्फ ३५, ४०, ४५, ५०, ५५, ६०, ६७ र ७५ केजी गरी ८ तौलमा खेलाईने छ भने महिला तर्फ ३५, ४०, ४५, ५०, ५५, ६१ र ६८ गरी ७ तौलमा खेलाईने प्रशिक्षक राईको भनाई छ । खेल शनिवार ३ बजे समापन गरिने राईको भनाई छ । खेलको उद्घाटन त्रियुगा नगर प्रमुख बसन्त बस्नेत र उपप्रमुख महेश्वरी राईले संयुक्त रुपमा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0