उदयपुरमा लागुऔषध सहित युवक पक्राउ

पूर्णपुष्ट, मंसिर २९ । उदयपुरमा लागुऔषध सहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–१३ बस्ने २७ बर्षीय रोयल राई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार बिहिबार त्रि.न.पा.४ बगाहा भित्रि सडक खण्डमा राईलाई लागुऔषध सहित पक्राउ गरिएको हो । राईको साथबाट फेनारगन ८८ एम्पुल, डाईजेपाम ८८ एम्पुल, ब्रुप्रिनोरफिम ८८ एम्पुल गरी जम्मा २६४ एम्पुल बरामद भएको डिएसपी चौधरीले बताए । पक्राउ परेका राईलाई ७ दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालय उदयपुरले आवश्यक थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0