उदयपुरमा पहिचानवादीहरुको बन्द : लामो दुरीका सबै सवारी ठप्प, तस्विर सहित

पूर्णपुष्टि, ३० मंसिर ।
उदयपुरमा पहिचान पक्षधरहरुको बन्दले सवारी साधन ठप्प बनेको छ । उदयपुर देखी चल्ने सवारी र उदयपुर हुँदै चल्ने लामो दुरीको सवारीहरुलाई कटारी, गाईघाट, र चौदण्डी हुँदै ठप्प पारिएको छ । किरात राई यायोख्खा जिल्ला कार्यसमिति उदयुरकी अध्यक्ष गंगा राईले दुई दिने बन्द रहेको जानकारी गराईन । शनिवार र आईतबार गरी दुई दिन पहिचान पक्षधरहरुको बन्द रहेको राईले जनाईन् । राईका अनुसार बिहान ३ बजेबाटै बन्द सुरु गरिएका थिए ।

बिहान ८ बजे सम्म लामो दुरीको सवारीहरु लगभग ठप्प पारिएको जनाए । उक्त बन्द भोली आईतबार पनि निरन्तर रहने जनाईन् । कोशी प्रदेश नामाकरण ख्यारीजीको माग सहित पहिचानको आधारमा नामाकरण गर्नु पर्ने माग पहिचानपक्षधरहरुको छ । सोही माग सहित आन्दोलनमा रहेका गोपाल किराती सहितको नेता कार्यकर्ताहरुलाई प्रहरीले दमन गर्नुका साथै पक्राउ गरिएको हुँदा बिना सर्त तत्काल रिहाईको माग राख्दै बन्द गरिएको राईले राईको भनाई छ । यदि दुई दिन भित्र पक्राउ परेका नेता कार्यकर्ताहरुलाई बिना सर्त तत्काल रिहा नगरे अनिश्चित कालिन बन्द तर्फ पहिचान पक्षधरहरुले निर्णय गर्ने समेत चेतावनी दिएको छ । उनिहरुले प्रदेश नं १ लाई पहिचानकै आधारमा नामाकरण गर्नु पर्ने माग राख्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
3
+1
1
+1
6
+1
1
+1
0
+1
5