उदयपुरमा मदन भण्डारी राजमार्ग र सगरमाथा राजमार्ग ठप्प, जनजिवन प्रभावित

पूर्णपुष्टि, १ पुष ।
पहिचानवादीहरुले आह्वान गरेको बन्दले उदयपुर ठप्प भएको छ । जिल्लाको सगरमाथा राजमार्ग र मदन भण्डारी राजमार्ग बन्दकर्ताहरुले ठप्प पारेको छ । लामो दुरीको सवारी बन्द हुँदा यात्रुहरु अलपत्र परेको छ । आईतवार प्रारम्भीक बन्द गरेको पहिचानवादीहरुले आईतबारदेखी पूर्णतया बन्द सक्रिय बनाएको छ । जिल्लाको चौदण्डीगढी, बेलका, कटारी र सदरमुकाम गाईघाटमा यातायात बन्द गरिएको किरात राई यायोख्खा उदयपुरकी अध्यक्ष गंगा राईले बताईन् । उनले घुर्मि तथा हलेसी लगायत प्रदेश १ भरी पक्राउ गरेका गोपाल किराती सहितको नेता कार्यकर्ताहरुलाई बिना सर्त रिहाई नगरे बन्द थप शक्रिय बन्ने समेत चेतावनी दिए ।

पक्राउ परेका नेता कार्यकर्ता बिना सर्त तत्काल रिहाईको माग

पहिचानवादीहरुले पक्राउ परेका गोपाल किराती सहित पहिचानवादी नेता कार्यकर्ताहरुलाई तत्काल रिहाईको माग राखिएको छ । सोही माग अनुरुप प्रदेश नं १ भरीनै पूर्ण वन्द आह्वान गरिएको हो । नेता किराती सहित झण्डै ६० जनाको हाराहारीमा बन्दकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको जनाईएको छ । तत्काल रिहाको माग सहित प्रदेशको नाम पनि प्रदेश सरकारलाई सच्चाउन भनिएको छ । कोशी प्रदेश ख्यारेज गर्दै पहिचानको आधारमै प्रदेश १ को नामाकरण गर्नुपर्नेमा पहिचानवादीहरुको अडान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0