उदयपुर प्रदेश स्तरीय कराते प्रतियोगिता : १० पदक सहित सुनसरी च्याम्पियन

पूर्णपुष्टि, १ पुष ।
उदयपुरमा भएको प्रथम कोशी अन्तर प्रदेश आमन्त्रित कराते प्रतियोगितामा सुनसरी च्याम्पियन बनेका छन् । शनिवार सम्पन्न प्रतियोगितामा सुनसरीले १० पदक प्राप्त गर्दै च्याम्पियन बनेको हो । त्यस मध्य ४ स्वर्ण, ५ रजत र १ कास्य सुनसरीले कब्जा गरे । त्यस्तै ४ स्वर्ण, १ रजत र १ कास्य गरी ६ पदक सहित सिराहा दोस्रो भएको छ भने २ स्वर्ण, ४ रजत र ३ कास्य प्राप्त गर्दै झापा तेस्रो भएको छ ।

यता आयोजक त्रियुगा उदयपुर भने चौथो स्थानमै चित्त बुझाउनु पर्यो । आयोजक त्रियुगाले २ स्वर्ण ३ रजत र २ कास्य मात्रै प्राप्त चौथो स्थान बनाए ।
प्रतियोगितामा ६० पदकका लागि १२० खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । पुरुष तर्फ ३५, ४०, ४५, ५०, ५५, ६०, ६७ र ७५ केजी गरी ८ तौलमा र महिला तर्फ ३५, ४०, ४५, ५०, ५५, ६१ र ६८ गरी ७ तौलमा खेलाईएका थिए ।
प्रतियोगिताकी उत्कृष्ट खेलाडीहरुलाई नगद सहितको पुरस्कार समेत प्रदान गरिएको छ । झापाकी प्रकृती दुम्जन, उदयपुरका सुजन तामाङ र झापाका इसाक राई उत्कृष्ट खेलाडी घोषित भए । उदयपुरका कराते प्रशिक्षक प्रकाशराम राईले उनिहरुलाई अंकको आधारमा उत्कृष्ट घोषित गरेका थिए । उत्कृट ३ जनालाई रु १० हजार नगद सहित पुरस्कृत गरिएको छ । उक्त पुरस्कार रकम राष्ट्रिय स्तरकी खेलाडी उदयपुरकी अनु अधिकारीले उत्कृष्ट खेलाडीहरुलाई प्रदान गरेकी हुन् । च्याम्पियन पहिलो दोस्रो र तेस्रोलाई त्रियुगा नगरपालिकाका मेयर वसन्त कुमार वस्नेत र उपमेयर महेश्वरी राईले शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0