उदयपुरको बेलका र त्रियुगाबाट लागुऔषाध १५ एम्फुल र १३ केजी गाँजा सहित दुई युवा फक्राउ

पूर्णपुष्टि, ३ पुष ।
उदयपुरमा दुई युवालाई लागु औषाध एम्पुल र गाँजा सहित प्रहरीले पक्राउ गरेको छ । सोमवार जिल्ला प्रहरी कार्यालय उदयपुरले बेलका नगरपालिकाका रबिन राईलाई १३ केजी गाँजा र त्रियुगाको बिशाल राईलाई १५ एम्पुल नियन्त्रित लागुऔषाध सहित पक्राउ गरेको हो । त्रियुगा नगरपालिका ६ जलजलेबाट सोही नगरपालिका १० का २६ बर्षिय बिशाल राईको साथबाट ५ एम्पुल बु्रप्रेनोरफिन ५ एम्पुल फेनारगन र ५ एम्पुल डाईजेपाम गरी जम्मा १५ एम्पुल र दुई थान निडल सहितको रिरिन्ज पनि पनि नियन्त्रित लागुऔषाध सँगै बरामद भएको थियो भने, बेलका नगरपालिका ९ भचुवाका २९ बर्षिय रबिनको साथबाट १३ केजी बराबरको गाँजा बरामद भएको हो । निज दुवै जनालाई प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
2