उदयपुरमा ठगी आरोपका दुई फरार प्रतिवादी पक्राउ

पूर्णपुष्टि, ५ पुष ।
उदयपुरमा ठगी मुद्धाका दुई फरार प्रतिवादी पक्राउ परेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले त्रियुगा नगरपालिका १३ असारीका सिंह बहादुर राई र सोही ठाउँका लाल बहादुर सार्कीलाई प्रहरीले पक्राउ गरेको हो । राई र सार्कीलाई तरकारी बजारबाट प्रहरीले बुधबार पक्राउ गरेको हो । राईलाई ५ लाख १० हजार दुई सय चौरासी रुपयाँ जरिवाना र दुई बर्ष कैद सजाए तोकिएको थियो भने, सार्कीलाई ५ लाख १० हजार दुई सय चौरासी रुपयाँ र १ बर्ष अदालतले सजाय कैद गरेका थिए पक्राउ परेका राई र सार्कीलाई फैसला कार्यान्वयनको लागि सम्मानीत जिल्ला अदालत उदयपुर पठाईएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0