उदयपुरमा करछलीको ४० बोरा चिनी र ८ बोरा सुर्ति बरामद

पूर्णपुष्टि, ६ पुष ।
उदयपुरमा करछलीको ४० बोरा चिनी र ८ बोरा सुर्ति प्रहरीले बरामद गरेको छ । जिल्लाको कटारी नगरपालिका १ बेलस्रोतबाट अबैध रुपमा भन्सार छली गरी ल्याईएका चिनी सहित ८ बोरा झण्डै २ हजार केजी सुर्ति समेत प्रहरीले बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी हरिनन्द चौधरीका अनुसार बरामद गरिएको चिनी र सुर्ति सहित प्रदेश २–०१–००१ च ०६३० नम्बरको पिकअपलाई समते नियन्त्रणमा लिई कारबाहीका लागि राजश्व कार्यालय इटहरी पठाईएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0