नवलपरासी जिल्लामै पहिलो पोडकास्ट अपिनियन सुरु

पूर्णपुष्टि, ६ मंसिर ।
आफू अनुकूलको समयमा सुन्न सकिने, निश्चित विषयमा गहिरो कुराकानी हुने, फरक फरक विषयहरू बारे थाहा पाउन सकिने लगायतका विशेषताले गर्दा पोडकास्टलाई सुन्ने श्रोताहरूको सङ्ख्या बढिरहेको छ । त्यसो हुँदा पोडकास्ट सुन्न मात्र होइन, हेर्न पनि सकिने भइसकेको छ । पोस्डकास्ट एक प्रकारको डिजिटल अडियो फाइल हो । जसलाई इन्टरनेट मार्फत डाउनलोड वा स्ट्रमिङका लागि तयार पारिन्छ । प्रायस् कुनै पनि पोडकास्टका भागहरू नियमित रूपमा प्रसारित हुन्छन् ।

जुन सुकै विषय वा शीर्षकमा पोडकास्ट केन्द्रित हुन सक्छ । जस्तोस् समाचारदेखि समकालीन राजनीतिका विषयसम्म । विज्ञान देखि धर्मसम्म ।
यसै सिलसिलामा किशोर गैरेले नवलपरासी जिल्लामै पहिलो पोडकास्टको रुपमा अपनियन सुरु गरेका छन्। ुओपिनियनु नाम दिइएको, पोडकास्टले राष्ट्रिय र स्थानीय दुवै क्षेत्रमा पहिचान बनाएका उल्लेखनीय व्यक्तिहरूसँग अन्तरङग वार्तालाप गर्ने लक्ष्य राखेको छ।

किशोर गैरेकै स्वय्म प्रस्तोता तथा निर्माता रहेको पोडकास्टमा प्रतिष्ठित अभिनेता निर्देशक राजु अर्याल लाई पहिलो अतिथिको रूपमा प्रस्तुत गरिएको छ। सुशील भुर्तेलले कार्यकारी निर्माताको भूमिका निर्वाह गरेका छन् भने निर्देशकको भूमिका मनिषकुमार अधिकारीले सम्हालेका छन् ।

प्रोडक्सन टिममा युवराज पाण्डे प्रोडक्सन म्यानेजर छन्, प्रोडक्सन असिस्टेन्ट विष्णु पाण्डे र प्रशान्त गिरीले सपोर्ट गरेका छन् । घले गुरुङ क्यामेरा पछाडि रहनेछन्, भने सुरज कुमारले सम्पादकको रूपमा जिम्मेवारी सम्हाल्छन्। पोडकास्टको पहिलो अकं ०६ गते शनिबार साझ ७स्३० मा आउदैछ । अपिनियन आर्टी भिल्ला बर्दघाटमा रेकर्ड गरिएको छ, ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0