सन नेपाल लाईफ इन्स्योरेन्सको शाखा कार्यालय गाईघाटमा विस्तार

पूर्णपुष्टि, ८ पुष ।
सन नेपाल लाईफ इन्स्योरेन्स बिमा कम्पनीको शाखा कार्यालय गाईघाटमा पनि विस्तार भएको छ । सम्पर्क कार्यालय मात्रै रहेको गाईघाटमा व्यवस्थित रुपमा शाखा कार्यालयनै संञ्चालनमा ल्याईएको हो । शाखा कार्यालयको उद्घाटन कम्पनीको प्रमुख कार्यकारी निर्देशक (सिइओ) राजकुमार अर्यालले गरेको हो ।

गाईघाट शाखा प्रमुख बाल कुमार राईले नेपालभर कम्पनीको शाखाहरु झण्डै दुईसय ओटा जति रहेको जनाए । शाखा विस्तारको क्रममा गाईघाटमा पनि शाखा थप गरिएको राईले जनाए । कम्पनीको कार्यालय उदयपुरको बेलका नगरपालिका सोमवारेमा समेत रहेको जनाए । सोही कार्यालयमा लामो समय काम गरेका राईले गाईघाट शाखा सम्हाल्ने भएको छ । कम्पनीको सिइओ अर्यालले बिमा कम्पनी पैसा सँग खेल्ने काम रहेको हुँदा सबै भन्दा पहिले बिश्वासनीय हुन जरुरी रहेको जनाए ।

बिमाहरुको बिभिन्न् कम्लेनहरुलाई अब न्युनिकरण गर्दै बिस्वास्नीय बन्न कम्पनीका जिम्मेवार पक्षलाई सल्लाह दिएको छ । अर्यालले शाखाको कर्मचारी र अभिकर्ताहरुलाई आफ्नो योजना प्रति बिश्वास रहन आग्रह गरे । लगानीकर्ताहरुको बिश्सासलाई सँधै मजवुद राख्न पहिले योजनाको पुष्टि र लगानीकर्ताबीच पूर्ण जानकारीले विश्सास राख्नु पर्ने जनाए ।

उनले बिमा कम्पनीहरु नेटवर्क कम्पनीहरु जस्तो बदमासी नरहेको समेत पुष्टी गरे । कम्पनीका कोशी प्रदेश प्रमुख तुलसीनाथ पौडेलले गाईघाटमा शाखालाई राम्रो संञ्चालन गर्न सकिने बिश्वास रहेको जनाए । पछिल्लो समय बजारी क्षेत्रको बढ्दो अवस्था र आर्थिक कारोबारको क्षेत्रहरु फैलदै गएपछि शाखा विस्तार गर्न सकिने कम्पनीको निर्णय अनुसार गाईघाटमै शाखा बिस्तार गरिएको प्रमुख पौडेलको भनाई छ । अभिकर्ताहरुको जागरुप र माग अनुसार लामो समयको संघर्ष पछि शाखा व्यवस्था खडा गरिएको पौडेलले जनाए । कार्यालय उद्घाटन सँगै अभिकर्ताहरुलाई अभिमुखीकरण समेत दिईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0