गाईघाटमा होण्डाको नयाँ स्कुटर लन्च

पूर्णपुष्टि, ९ पुष ।
राशि अटो मोवाईल गाईघाट होण्डा सोरुमले डियोको नयाँ स्कुटर लन्च गरेको छ । पुराना कार्पेटर डियो कम्पनीको स्कुटर बेच्दै आएका सोरुमले हालै बिभिन्न फिचरको एफआई सुविधा सहित नयाँ स्कुटर लन्च गरिएको हो । स्कुटर त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटका अध्यक्ष रमेश रसाईलीले लन्च गरेको हो ।

गाईघाट होण्डा सोरुमका आधिकारिक बिक्रेता राशि अटो मोवाईलका प्रोपाईटर रितेश अनुराग गुप्ताले पहिलेका भन्दा थप सुविधा सहित १२५ सिसि को स्कुटर सार्वजानिक गरिएको जनाए । पुरानो डियो स्कुटरमा ११० सिसि रहेको गुप्ताको भनाई छ । बडिको समेत सामान्य संरचना फेरिएको र सुविधाहरुमा पुरानो भन्दा फरक बनाईएको कम्पनीले जनाएको छ । नयाँ डिओमा भने १२५ सिसि, स्मार्ट डिजिटल मिटर, एफ आई इन्जीन, साईड स्टान्ड इन्जीन कट अफ र ३क७ लगायतका सुविधाहरु रहेको छ । यसको मुल्य २ लाख ९९ हजार ९ सय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0