गाईघाटमा साकेला नाचेर मनाईयो उद्यौली, तस्विरमा हेर्नुहोस

पूर्णपुष्टि, १० पुष ।
भुमिपुत्र मुलवासी किरात समुदायहरुको महत्वपूर्ण चाँडको रुपमा रहेको उद्यौली पर्व साकेला नाच र पुजा आजा गरी गाईघाटमा भव्यताका साथ मनाईएको छ । उद्यौली पर्व किरात समुदायका राई, लिम्वु, याख्खा र सुनुवार जातिहरुले मनाउने गर्छ । राई समुदायहरुले साकेला नाचेर र लिम्वु र याख्खाले च्याबु्रङ नाचेर यस पर्वलाई मनाउने गरिन्छ ।

राई जातिमा बर्षको दुई पटक मनाईएने यो पर्व यस बर्ष पुष १० गते मंगलबार मनाईएको हो । यो चाँड मंसिरे पूर्णमामा उद्यौली र बैसाके पूर्णमामा उभौली गरी दुई समय मनाईन्छ । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनबाट सुरुहुने उधौली चाड मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली भित्र्याइएको खुसीयालीमा मनाउने गरिन्छ भने उभौली वसन्त ऋतुमा वालीनाली राम्रो होस् सबैमा सुख शान्ति सूस्वास्थ्य रहोस् र दैविप्रकोप तथा विपक्तिहरू नआउन् भनि पुजा गरिन्छ,यस चाडमा सुनुवार र राईहरू साकेला रसखेवा शिली नाच्छन भने लिम्बु र याख्खाहरू च्याब्रुङ नाच नाच्दै प्रकृतिलाई पुजा गर्दछन । किराँतीहरूको यो पर्व पृथ्वीमा कृषियुग शुरु भएदेखि प्रचलनमा आएको विश्वास गरिन्छ ।

गाईघाटमा त्रियुगा नगरपालिका वडा नं ११, १२ र १३ को आयोजनामा उद्यौली मनाईएको वडा कमिटिका अध्यक्ष सर्वधन राईले जनाए । गाईघाट स्थित साकेला थानमा बिहानै मछामा घर र थानमा पुजा गरी दिउँसोको समय भने साकेला नाएिको अध्यक्ष राईको भनाई छ । वडा कमिटीकै आयोजनामा यहि १३, १४ र १५ गते भने साकेला सिली प्रशिक्षणको समेत आयोजना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0