भरुवा बन्दुक सहित दुई जना पक्राउ

पूर्णपुष्टि, पुष ११ ।  ताप्लेजुङमा भरुवा बन्दुक सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिका–१ त्रिवेणीका २४ बर्षीय मौसम खिमदिम र समिर खिमदिम रहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार बिशेष सुचनाको आधारमा मंगलवार साँझ साढे ७ बजे प्रहरी चौकी मेवाखाबाट खटिएको प्रहरी टोलीले त्रिवेणी बनबाट भरुवा बन्दुक सहित उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनिहरुको साथबाट भरुवा बन्दुक–२ नाल, भरुवा बन्दुकमा प्रयोग हुने विभिन्न सामाग्रीहरु, खुकुरी–१ थान, गेटिस (गुलेली) १ थान, मारेको कालिज १ वटा र मोबाईल १ थान बराबद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका उनिहरुको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0