भारतबाट नेपाल आउदैँ गरेका एक युवक ब्राउन सुगर सहित पक्राउ

पूर्णपुष्टि, पुष ११ । भारतबाट नेपाल आउदैँ गरेका एक युवकलाई ब्राउन सुगर सहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दिप्रुङ चुइचुम्मा गाउँपालिका– ४ खोटाङका २५ बर्षीय मिलन राई रहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार मोरङको बिराटनगर महानगरपालिका–१५ ढाट स्थितमा मंगलबार दिउँसो लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री राईलाई लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरेको हो । राईमाथि शंका लागी चेकजाँच गर्दा उनको साथबाट ब्राउनसुगर ८६ मिलिग्राम फेला परेसँगै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनको सम्बन्धमा ईलाका प्रहरी कार्यालय रानीबाट थपअनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

 

 

 

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0