ट्याक्टर भिरबाट खस्दा चालकको मृत्यु

पूर्णपुष्टि, पुस १२ । संखुवासभामा ट्याक्टर भिरबाट खस्दा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मकालु गाउँपालिका–५ का २७ बर्षीय तिर्थ बहादुर तामाङ रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार बुधबार दिउँसो ४ बजे मकालु गाउँपालिका– ५ स्थित वालुङको दिङसुमा भन्ने ठाँउमा ट्याक्टर भिरबाट खस्दा उनको घटनास्थलमै मृत्यु भएको हो । मकालु–१ मा निर्माण भईरहेको पर्खालको लागि सिमेन्ट बोकी जाने क्रममा को. २ त ८२३९ नम्बरको ट्रयाक्टर अचानक भिरबाट अन्दाजि ३५ मिटर तल खसि दुर्घटना भएको उक्त कार्यालयले जनाएको छ । घटना स्थलमा प्रहरीको टोली खटिगई उक्त शवलाई सम्पूर्ण कानुनी प्रकृया पश्चात पोष्टमाटमको लागि जिल्ला अस्पताल खाँदबारी पठाईएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0