स्रोत नखुलेको १९ लाख भन्दा बढी नगद सहित एक जना पक्राउ

पूर्णपुष्टि, पुष १२ । मोरङमा स्रोत नखुलेको १९ लाख भन्दा बढी नगद सहित एक जना प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको देवानगंज गाउँपालिका–५ का ४९ बर्षीय सुरेन्द्र प्रसाद साह रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार बुधबार साझँ साढेँ ५ बजे केशलिया मार्गमा को.७ प ५२२१ नम्बरको मोटरसाईकल चालक साहलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको नेपाली रुपैँया १९ लाख ९० हजार नगद सहित पक्राउ गरेको हो । पक्राउ परेका उनको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0