गाईघाटमा ३ महिने आधारभूत सिलाई कटाई तालिम सुरु

पूर्णपुष्टि, १६ पौष ।
गाईघाटमा ३ महिने आधारभूत सिलाई कटाई सिप विकास तालिम सोमवारबाट सुरु भएको छ । युवा उद्यमशिल तथा औद्योगिक जनशक्ति बिकास तालिम अन्तर्गत तालिम सुरु भएको हो । “तालिममलाई स्वदेशी उत्पादन अभियान, उद्यमीको सम्मान” नारा दिईएको छ । घरेलु तथा साना उद्योग कार्यालय उदयपुरको आयोजना तथा नेपाल कपडा सिलाई व्यवसायी संघ उदयपुरको समन्वयमा तालिम सुरु गरिएको हो । संघकै अध्यक्ष समेत रहेकी ज्ञानु प्रदानको प्रमुख आतिथ्यतामा कार्यक्रम तालिमको उद्घाटन गरिएको छ ।

आयोजक घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नरेन्द्र पराजुलीका अनुसार स्थानीय व्यवसायी तथा उत्पादनका लागि केहि गर्न चाहाने व्यवसायीहरुलाई तालिम प्रदान गरिएको हो । तालिम २०८०÷१२÷१६ सम्म संञ्चालन हुने प्रमुख पराजुलीले जनाए । तालिममा १२ जना प्रशिक्षार्थीहरु सहभागी छन् । तालिमको उद्घाटन सँगै प्रदानले सिलाई पेशा भनेको नर्मल पेशा नभई एउटा इन्जिनियरिङ पेसाको रुपमा रहेको जनाईन् । कुनै वस्तुलाई कपडाको आकारमा निकाल्नु यो कुनै सामान्य कुरा नभई यो बैज्ञानिक कुरा रहेको प्रदानको भनाई छ । नापदेखी तयारी गर्दाको अवस्था सम्म कायौँ प्राविधिक उपायहरु सिलाईमा खर्च गर्नुपर्ने प्रदानले बताईन् । तालिमको उद्घाटनमा संघकी उपाध्यक्ष सुमित्रा मगर, कोषाध्यक्ष प्रमिला परियार सहितको अतिथिहरु सहभागी थिए । तालिमलाई सिलाई व्यवसायी श्याम कुमार राईले सहजीकरण गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0