दुर्घटनामा १८ को मृत्यु, ४४ गम्भीर

पूर्णपुष्टि, १६ पौष ।
उदयपुरमा चालु आर्थिक बर्षमा दुर्घटनामा परी १८ को मृत्यु हुनुका साथै ४४ गम्भीर घाईते भएको छ । ८४ ओटा दुर्घटना संख्यामा १८ को मृत्यु र ४४ गम्भीर घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
यता सामान्य घाईते हुनेहरुमा १२४ जना रहेको छ । यस बर्ष ट्रक ३ ओटा, टिपर ३, बस ३, जिपकार १६, ट्याक्टर ३, मोटर साईकल ७५ ओटा दुर्घटना भएको छ । पछिल्लो समय उदयपुरमा दुर्घटनाका संख्या तिव्र बन्दै गएको छ । मदन भण्डारी राजमार्गका कारण सवारी चाप बढे सँगै दुर्घटना बढेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
1
+1
1
+1
4
+1
9