सुखायु आयुर्वेद गाईघाटको निशुल्क स्वास्थ्य सिविरले ५० जना बढीलाई प्रत्यक्ष फाईदा

पूर्णपुष्टि, १६ पुष ।
सुखायु आयुर्वेद अस्पताल गाईघाटले संञ्चालन गरेको एक दिने निशुल्क स्वास्थ्य सिविरबाट ५० बढी स्थानीयहरु लाभान्वीत बनेको छ । अस्पतालको छैँटौ बार्षिकोत्सवको अवसर पारेर संञ्चालन गरिएको सिविरमा बिभिन्न प्रकारको बिरामीहरुले भरपुर फाईदा लिएको हो । जस मध्ये दुई बिरामीको अपरेस समेत गरिएको आयोजकले जनाएको छ ।

निुशल्क सिविर सँगै रक्तदान पनि गरिएको थियो । १३ भन्दा बढीले सिविरको क्रममा रक्तदान समेत गरेको छ । प्रादेशिक
आयुर्वेद तथा बैकल्पिक चिकित्सालय प्रमुख बिरगन्ज पर्साका डा. सिव नारायण गुप्ताको प्रमुख आतिथ्यतामा अस्पतालको बार्षिकोत्सव सँगै सिवर संञ्चालन सम्पन्न भएको जनाईएको छ । उनि आयुर्वेद सल्य रोग बिषेशज्ञ तथा पायल्स फिस्टुला, फिसर रोग बिषेशज्ञ समेत हुन् । उनि सँगै सिव नारायण गुप्ता, सरोज कुमार विशाल जिल्ला आयुर्वेद अस्पताल उदययपुर, मनिस कुमार शाह (बिए एम एस) प्रमुख अस्पताल र प्रदिप कुमार यादव फिजियोथेरापिलिष्ट प्रमुख पनि सिविरमा उपस्थित थिए । सबैले आफ्नो क्षेत्रका बिरामीहरुलाई सिविरमा सेवा प्रदान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0