पाँचौ खडक मेयर गोल्डकपको उपाधी मलिथम फूटबल क्लब उदयपुरले जित्यो

पूर्णपुष्टि, पुष १९ । पाँचौ खडक मेयर गोल्डकपको उपाधी मलिथम फूटबल क्लब उदयपुरले जितेको छ। बुधबार भएको फाइनल खेलमा बिराटनगर स्पोर्ट्स एकेडेमी बिराटनगरलाई ट्राइबेकरमा हराउदै मलिथम फुटबल क्लब उदयपुरले उपाधी हात पारेको हो।

निर्धारित समयमा दुबै टिमबाट समान २–२ गोल भएपछि खेल ट्राईब्रेकरबाट पुगेको थियो । ट्राइब्रेकरमा ४–५ गोल अन्तरले बिराटनगरलाई हराउँदै मलिथम फटबल क्लब उदयपुरले उपाधि आफ्नो नाम गरेको हो ।

श्री ब्वाईज युनियन फुटवल क्लव खडक नगरपालिक ३ सप्तरीको आयोजनामा संचालित पाँचौ खडक मेयर गोल्ड कपको उपाधी बिजेता मलिथम फुटबल क्लब उदयपुरले ५१ हजार नगद सहित शिल्ड,मेडल र प्रमाणपत्र गरे । त्यस्तै उपबिजेता बिराटनगर स्पोर्ट्स एकेडेमी बिराटनगरले ३१ हजार सहित शिल्ड,मेडल र प्रमाणपत्रमा चित बुझाउनु पर्यो । गोल्डकपमा १० वटा टिम सहभागि रहेको खेल मावि बनरझुला खेल मैदानमा खेलाईएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0