नागरिकता, परिचय पत्र लगायतको सुविद्या पालिकाबाटै दिन सरकारलाई कम्युनिष्ट पार्टीको आग्रह

पूर्णपुष्टि, २१ पौष ।
नेपाल कम्युनिष्ट पार्टी उदयपुरले पालिकामा थप सेवा सुविधा थप्न सरकारलाई आह्वान गरेको छ । केहि सुविधाहरु पालिकाबाटै पाएको भएतापनि नागरिकता, परिचय पत्र र जग्गा किनबेच जस्ता काममा भने सदरमुकामनै धाउनु पर्ने अवस्था रहेको हुँदा यी सुविधा पनि पालिकाबाटै दिनु पर्ने पार्टीको माग छ ।

यदि यस्तो भएमा मात्रै जनताले सरकारको सुविधालाई प्रत्यक्ष महशुस गर्न सक्ने भन्दै प्रधानमन्त्री प्रचण्डलाई पत्र पठाएको छ । उदयपुरको जिल्ला प्रशासन कार्यालयका सिडियो मार्फत प्रधानमन्त्री दाहाललाई पत्र पठाएको हो । उदयपुर जिल्ला पार्टी इन्चार्ज अमृत सी र पार्टी सेक्रेटरी अनिता सी हस्ताक्षर पत्र शुक्रबार प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे मार्फत सरकार समक्ष पठाईएको हो । हाम्रो पार्टीले नेपाल सरकारसँग जोडदार माग गर्दछ की जनतालाई नागरिकता, जग्गा किनबेच, परिचय पत्र जस्ता कामहरु आगामी बर्ष देखी पालिका स्तरबाटै उपलब्ध गराईयोस, दुर्गम हिमाली तथा पहाडी क्षेत्रका जनताले सहज पालिका स्तरबाट पाउनु पर्ने सामान्य कामका सुविधाहरु नागरिकता, परिचय पत्र जस्ता कामका लागि सदरमुकाम धाउनु पर्ने अवस्था छ, जुन समय र खर्चको हिसावले जनताका लागि निकै कष्टकर र समस्यामुलक बनिरहेको छ । पत्रमा भनिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0