उदयपुरमा गाँजा सहित एक जना पक्राउ

पूर्णपुष्टि, पुष २५ । उदयपुरमा लागुऔषध गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–३ का ५३ बर्षीय बल बहारदु कार्की रहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार लागुऔषध गाँजा बिक्रि बितरण भईरहेको भन्ने बिषेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले कार्कीलाई पक्राउ गरेको हो । प्रहरीले कार्कीको साथबाट १ के.जी ६५० ग्राम गाँजा बरामद गरेको हो । पक्राउ परेका कार्कीको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
2
+1
0
+1
0
+1
0