ब्राउन सुगर र गाँजा सहित ३ जना पक्राउ

पूर्णपुष्टि, पुष २५ । धनकुटा र मोरङको छुट्टा छुट्टै स्थानबाट लागुऔषध गाँजा र ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनकुटा–१ हिलेका २२ बर्षीय तिलक राना मगर, धरान– ८ का २७ बर्षीय सचिन प्रधान र भोजपुरको षडानन्द नगरपालिका–२ की २३ बर्षीया प्रतिमा राई रहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार हिजो बेलुका ५ बजे धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटार चौक स्थितमा मगरलाई प्रहरीले लागुऔषध गाँजा सहित पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले धनकुटाबाट धरानतर्फ जादै गरेको को.३० प ४५१५ नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्ने क्रममा चालक मगरको साथबाट १ के.जि. गाँजा बरामद गरेको होयसैगरी बिराटनगर महानगरपालिका–१५ एक नम्बर ढाट स्थितमा सचिन प्रधान र प्रतिमा राईलाई लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको को ४० प २४३ नम्बरको स्कुटरलाई शंका लागि चेकजाँच गर्दा लुकाईछिपाई ल्याउदै गरेको अवस्थामा ५२ मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो । ब्राउन सुगर बरामद भएसँगै चालक प्रधान र पछाडी सवार राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा सम्बन्धित कार्यालयबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0