उदयपुरमा अत्याधिक चिसो महशुस

पूर्णपुष्टि, पुस २६ ।
उदयपुरमा अत्याधिक चिसोका कारण जनजीवन प्रभावित बनेको छ । बाक्लो हुस्सु र सित परेको छ । चिसोका कारण बालबालिका र बृद्धबृद्धा बढि प्रभावित छन् । अधिकांश मानिसहरु बाहिर निस्केका छैनन् । सवारी साधनहरु दिउसै लाइट बालेर चलेका छन् ।
चिसो मौसम लागेपछिको अवस्थामा आज सर्बसाधारणले अत्याधिक चिसो महशुस गरेका हुन् ।
चिसो र हुस्सुले सडकमा दुर्घटनाको जोखिम बढेपछि ट्राफिकले चालकलाई विस्तारै कुदाउन र सावधानी अपनाउन सचेत गराएको छ ।

फाेटाे फिचर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0