सचेतना टोल विकास संस्था बोक्सेको चौथो साधारण सभा सम्पन्न, जेष्ठ नागरिक सम्मानित, विद्यार्थी पुरस्कृत

पूर्णपुष्टि, २७ पौष ।
त्रियुगा नगरपालिका भरिकै उत्कृष्ट नमुना टोल विकास संस्थाको रुपमा परिचित सचेतना टोल विकास संस्थाले आफ्नो चौँथो बार्षिक साधारणसभा सम्पन्न गरेको छ । बोक्सेमा रहेको उक्त टोल विकास संस्थाले शुक्रबार आर्थिक बर्ष २०७९/०८० को बार्षिक प्रतिवेदन सहित सफलता पुर्वक साधारण सभा सम्पन्न गरेको हो ।

संस्थाका अध्यक्ष पर्शराज राईले आर्थिक प्रदिवेदन सँगै संस्थाले गरेको बिभिन्न गतिविधिबारे जानकारी गराएको छ । २०७६ सालमा गठन भएको सचेतना टोल विकास संस्था ३९६ ओटा टोल विकास संस्था मध्येकै उत्कृष्ट टोल विकासको रुपमा सेमत छनोट भएको अध्यक्ष राईले जनाए । संस्थालाई उत्कृष्टमा पुराउन संस्थाका कार्यसमिति निकै मेहनतका साथ लागि परेको राईले जनाए ।

उनले संस्थाका पदाधिकारी तथा सदस्यहरुलाई धन्यवाद व्यक्त गरे । राईले संस्थालाई नमुना बनाउन कार्यसमिति बाहेक टोलका बुद्धिजीवी, सल्लाहकार, छिमेकी टोल विकास संस्था, जनप्रतिनिधि, संञ्चारकर्मी लगायतलाई धन्यवाद व्यक्त गरे । यस टोल विकास संस्थामा जम्मा १३२ घर परिवार आवद्ध रहेको छ । आफ्नो एकल प्रयासले मात्रै संस्थालाई उत्कृष्ट बनाउन नसकिने भन्दै सहयोगी सबैलाई सचेतना टोल विकासले सम्झीएको जनाए ।

संस्थाको गतिविधि अन्तर्गत सवै सक्रिय सदस्यहरुलाई पासबुक खरिद गरी निशुल्क रुपमा वितरण गरेको छ । संस्थाले नियमित कार्यक्रम मार्फत महिनाको अन्तिम शनिवार सरसफाई गर्दै आएको छ भने सामाजिक कार्य तर्फ बिभिन्न रोगिहरुलाई आर्थिक सहयोग, टोलमा मृत्यु भएको व्यक्ति प्रति श्रदान्जली ब्यक्त आदि कार्यहरु गरेका छन् ।

यता भौतिक विकास तर्फ पनि थुप्रै कामहरु गरेको छ । जस अन्तर्गत नाली निर्माण, कल्भर्ड, विद्युत पोल, सूचना बोर्ड, सडक लगायतका काम पनि गरेको छ । यस्तै मेलमिलाप तर्फ ५ ओटा मुद्धाहरु आपसि मेलमिलाप गरिएको छ । संस्थाले भनव निर्माण, नियमित सरसफाई, थप बिद्युतिय पोल माग गर्ने, नियमित बचत, उदेश्यमुलक ऋण लगानी र चेतनामुलक कार्यक्रमहरुलाई भावि योजनामा राखेको छ । संस्थाको भुक्तानी तर्फ १२९८६५५, आय व्यय तर्फ २०६९९४ र १२८७४९३ वासलात तयार पारेको छ ।

भवन निर्माणको लागि बजेट माग

संस्थाको आफ्नै भवन निर्माण बन्न नसक्दा अध्यक्ष पर्शराज राईकै घरमा संस्थाको गतिविधि संञ्चालन छ । संस्थाले भावि योजनामा पहिलो र प्राथामिकताका साथ भवन निर्माणलाई जोड दिईएको छ । दुख र ठुलो मेहनतका साथ जग्गा तयार गरिएपनि भवन भने निर्माण गर्न नसकिएको अध्यक्ष राईले जनाए ।

४ लाखमा बल्ल तल्ल जग्गा व्यवस्थापन गरिएको र भवन बनाउनका लागि संस्था तातिरिहेको र त्यसका लागि सबैले सहयोग गर्नु पर्ने अध्यक्ष राईले अपिल गरेको छ । राईले नगरपालिका र वडा सरकारलाई समेत बजेट सहयोगको अपिल गरेको हो । कार्यक्रममा उपस्थित रहेकी प्रमुख अतिथि महेश्वरी राई र बिषेश अतिथि वडाअध्यक्ष किरण पाण्डेलाई भवन निर्माणको लागि बजेटको आह्वन गरे । राई र पाण्डेले आवश्यक सहयोगमा आफ्नो भुमिका रहने प्रतिवद्धता समेत जनाए ।

दुई जेष्ठ नागरिक सम्मानीत, ५४ विद्यार्थी पुरस्कृत

साधारण सभा सँगै संस्थाले टोलका सबै भन्दा बढी उमेरका दुई जेष्ठ नागरिकलाई अभिनन्दन समेत गरेको छ । उनिहरुलाई नगरकी उपमेयर महेश्वरी राई र वडा अध्यक्ष किरण पाण्डेले न्यान्यो कपडा ओढाएर अभिनन्दन गरेको हो । त्रियुगा नगरपालिका १० निवासी ८० बर्षिय माहाशेर राई र ७९ बर्षिया जेष्ठ नागरिक तथा एकल महिलालाई संस्थाले सम्मान तथा अभिनन्दन गरेको हो । यस्तैगरी बाल मन्दीर र मनमोहनका ५४ जना विद्यार्थीहरुलाई पुरस्कृत पनि गरेको छ । जेहेन्दार, इमान्दार र मेहनती टोलका विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप कापी कलमले पुरस्कृत गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0