उदयपुर एक्स्पो महोत्सवको लागि प्रचार प्रसार र तयारीमा जुट्यो आयोजक समिति

पूर्णपुष्टि, २ माघ ।
उदयपुर एक्स्पो महोत्सव २०८० का लागि जिल्ला उद्योग बाणिज्य संघ उदयपुर तयारीमा जुटेको छ । यहि माघ ११ गतेदेखी २१ गते सम्म हुने भनिएको एक्स्पो सांस्कृतिक कार्यक्रम र स्टलहरुले मनोरञ्जन गराउने आयोजकले जनाएको छ । महोत्सवले स्थानीय कृषि, लघु उद्योग, पशुपंक्षी पालन, खुद्रा व्यवसायी, परम्परागत संस्कार संस्कृति, रहन सहन र पर्यटनमा बिषेश फाईदा पुग्ने संघका अध्यक्ष चुडामणी कार्कीले जनाए ।

मंगलबार महोत्सवबारे पत्रकार सम्मेलन गर्दै जिल्ला समन्वय समिति लगायत ८ ओटै पालिकाहरु र अन्य संघ संस्था, प्रशासन र सुरक्षा निकायहरुको सहकार्यमा गर्न लागिएको जनाए । महोत्सव त्रियुगा बषपार्क नजिक हुने महोत्सवको उद्घाटन नेपाल सरकारका अर्थ मन्त्री प्रकाश शरण महतले गर्ने आयोजकको भनाई छ । साधारण टिक रु १०० र विद्यार्थीहरुका लागि रु ७०, सामुहिक डे«समा रु ५० जेष्ठ नागरिक र अपाङ्गताका लागि भने परिचय पत्र लिएमा निशुल्क गरिने छ । ११ गते हेलिकप्टरबाट नगर परिक्रमा समेत गरिने छ । महोत्सवमा चर्चित गायक प्रमोद खरेल लगायतका कलकारहरुले मनोरञ्जन गराउने भएको छ । महोत्सवमा करिब २ लाख आगुन्तुक आउने आयोजकको अपेक्षा छ भने २०० बढी प्रदर्शकहरुको आंकलन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1