उदयपुरमा मोटरसाईकल दुर्घटना हुँदा दुई युवक घाईते

पूर्णपुष्टि, माघ ३ । उदयपुरमा मोेटरसाईकल दुर्घटना हुँदा दुई युवक घाईते भएका छन् । दुर्घटनाबाट घाईते हुनेमा बेलका नगरपालिका–५ का २९ वर्षीय कुलबहादुर कटुवाल र यादवराज पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार मंगलबार बेलका नगरपालिकास्थित मदन भण्डारी राजमार्गअन्तर्गत सिसुवा खोलामा मोटरसाइकल दुर्घटना भएको हो । पुर्वदेखि पश्चिमतर्फ जाँदै गरेको बा ६२ प १८२० नम्बरको मोटरसाइकल आफै अनियन्त्रीत भई पिल्लरमा ठोकिएर दुर्घटना भएको डिएसपी चौधरीले बताए ।

दुर्घटनाबाट कटुवालको दुवै खुट्टा र टाउकोमा चोट लागेको छ । घाइते सामान्य बोल्न सक्ने भएपनि अवस्था भने असामान्य रहेको प्रत्यक्षदर्शी स्थानीयले बताएका छन् । त्यस्तै मोटरसाईकलमा सवार पाण्डेको दाईने खुट्टा र दाईने हातमा चोट लागेको छ । घाईते दुवैजनालाई बेलका नगर अस्पतालमा प्राथमिक उपचारपछि सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपाक्याम्प पठाइएको डीएसपी चौधरीले बताए । दुर्घटनाग्रस्त मोटरसाईकल भने लालबजारस्थित प्रहरी चौकीमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
4