उदयपुरमा मगर समुदायले धुमधामका साथ मनायो माघे सक्राती

पूर्णपुष्टि, माघ ६ । उदयपुरमा मगर समुदायले ‘माघ्यासकराटी तथा हुर्रा महोत्सव २०८०’ धुमधामका साथ मनाएका छन् । शनिबार नेपाल मगर संघ त्रियुगा नगर समिति ४, ५, ६ को आयोजना तथा त्रियुगा नगरपालिका र रौतामाई गाउँपालिकालगायतको समन्वयमा त्रि.न.पा–४ बगाहा फर्सेट स्थित मगर सङ्ग्रहलायमा माघे सक्राती धुमधामका साथ मनाईएको हो ।

नेपाल मगर संघका केन्द्रिय उपाध्यक्ष सीता राणा मगरले माघे सक्रातीको अबसरमा मगर समुदायले यो चाडलाई दशै चाडजस्तै घरघरमा बसेर मनाउदा अति उत्तम हुने बताउनुभयो । नेपालमा मगरको मौलिक पर्वहरु लोप हुँदै गईरहेको छ ‘उनले भने’ आफ्नो मौलिक पर्व, भेषभूषा, खानपान, सस्कार सस्कृती संरक्षणको लागि आफै लागिपर्नुका साथै एकजुट हुनुपर्छ ।

त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेतले माघे सक्राती महोत्सवको अबसरमा शुभकामना दिदै पर्वको संरक्षणको लागि नगरले सधै साथ र सहयोग गरिरहने बताएका छन् । मेयर बस्नेतले आफ्नो मौलिक पर्वको सस्कार सस्कृती भेषभूषा,जगेर्ना र सरक्षणको लागि शिक्षाका साथै सम्बन्धित समुदायका नागरिक सचेत हुनुपर्ने बताए ।

मगर संघ त्रियुगा नगर कमिटी अध्यक्ष ज्ञानेन्द्र मगरले समुदायको आफ्नो पहिचान सस्कार सस्कृती भेषभुषालगायतको सरक्षण र सम्बर्द्धनका लागि महोत्सव आयोजना गरिएको बताए । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले पहिचान झल्काउने नृत्य र गायन प्रस्तुत गरेका थिए भने पहिचान झल्काउने खानपान र पोषाकहरु पनि महोत्सवमा राखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0