काठमाण्डौँबाट नक्कली चिकित्सक पक्राउ

पूर्णपुष्टि, माघ ८ । काठमाण्डौँबाट एक नक्कली चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका वडा नम्बर २ का ४० बर्षीय सम्बुद्ध भट्टाचार्य रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार सोमबार नेपाल मेडिकल काउन्सिलको नक्कली दर्ता प्रमाण पत्र देखाएर धौलागिरी पोलिक्लििनिक संचालन गर्दै आएका भट्टाचार्यलाई नियन्त्रणमा लिएको हो ।

उनले अहिलेसम्म ४० जना बिरामीलाई उपचार गराएको प्रारम्भिक बयान दिएका छन्। प्रहरीका अनुसार उनले विदेश जाने व्यक्तिको मेडिकल रिपोर्टसमेत बनाउने गरेका थिए।उनले चीनबाट एमबिबिएस गरेको र शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत रहेको बताउने गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0