दोस्रो वडा अध्यक्ष गोल्ड कप 7A साईड फुटबल प्रतियोगिताको उद्धघाटन खेलमा गाईघाट बिजयी

पूर्णपुष्टि, माघ १६ । दोस्रो वडा अध्यक्ष गोल्ड कप 7A साईड फुटबल प्रतियोगिता २०८० को उद्धघाटन खेलमा गाईघाट फुटबल क्लब बिजयी भएको छ ।

मंगलबार त्रियुगा नगरपालिका वडा नं १० बोक्से स्थित गंगा खेल मैदानमा भएको उद्धघाटन खेलमा गाईघाट फुटबल क्लबले बसाहा फुटबल क्लबलाई ३–२ गोलले हराएको हो । खेल सुरु भएको तेस्रो मिनेट मै जर्सि नं ५ का केबल तामाङले कर्नर किकबाट आएको बल हेडिङ मार्फत गोल गर्दै बसाहालाई अग्रता दिलाएका थिए । तर, उक्त अग्रता बसाहाले जोगाउन नसक्दा खेलको १२ औं मिनटमा जर्सि नं १४ का खेलाडी दिवस श्रेष्ठले गोल गर्दै गाईघाटलाई खेलमा फर्काए भने पहिलो हाफ एक–एक गोलको बराबरीमा सिमीत रह्यो ।

दोस्रो हाफको २४ औं मिनेटमा जर्सि नं १४ का दिवश श्रेष्ठले व्यक्तिगत दोस्रो गोल गर्दै गाईघाटको अग्रता दोब्बर पारे भने थप गरिएको ३ मिनेटको इन्जुरी समयमा जर्सि नं ९ का खेलाडी प्रितम चौधरीले गोल गर्दै गाईघाटको लागी तेस्रो गोल गरे । इन्जुरी समयको अन्तिम औं मिनेटमा जर्सि नं १० खेलाडी सन्जय धमालले बसाहाको लागी दोस्रो गोल गरे पनि बसाहाले हार टार्न भने सकेन । यस खेलको म्यान अफ द म्याच गाईघाट फुटबल क्लबका जर्सी नं १४ का दिवश श्रेष्ठ घोषित भए । भोलीको खेल कटारी फुटबल क्लब र इटहरी फुटबल क्लब बिच दिउँसो ३ बजे सुरु हुने आयोजकले जनाएको छ ।

उद्घाटन समारोहका प्रमुख अतिथि त्रियुगा नगरका प्रमुख बसन्त कुमार बस्नेतले खेलको उद्धघाटन गर्दै नगरको हरेक वडामा खेलकुदलाई बिषेश प्राथमिकता दिएको बताएका छन् । खेलकुदले मनोरञ्जनका साथ साथै खेलाडीलाई स्वस्थ राख्न पनि मद्दत गर्ने उनले बताए । नगरपालिकाले खेलकुद क्षेत्रमा लगानि गर्दै आईरहेको र आगामी दिनमा पनि गरिरहने नगर प्रमुख बस्नेतले बताए ।

त्रियुगा नगरपालिका वडा नं १० का वडा अध्यक्ष किरण पाण्डेले कुनै पनि खेलकुद गराउँदा सबै जनाको समन्वय र सहकार्य भएन भने कुनै पनि प्रतियोगिता सफल नहुने बताएका छन् । खेलाडीको भविष्य बारे ठोस निर्णय लिएर अगाडी नबढाएसम्म देश पछाडी परिरहने उनले बताए । यो खेल मैदानबाट माथिल्लो स्तरमा खेल्ने खेलाडी समेत उत्पादन भएको उनले बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0