उदयपुरमा लागुऔषध सहित दुई जना पक्राउ

पूर्णपुष्टि, चैत्र २१ । उदयपुरमा लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–१२ बस्ने २३ बर्षीय समिर मगर र त्रिनपा–३ बस्ने १४ बर्षीय बालक रहेको जिल्ला प्रहरी कर्यालय उदयपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार सोमबार लाहानबाट गाईघाट तर्फ आउँदै गरेको विङ्गरलाई त्रिनपा–४ सालघारीमा रोकी चेकजाँच गर्ने क्रममा उनिहरुको साथबाट लागुऔषध सहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरबाट संचालित ःम्क्ष् ९ःष्ककष्यल म्चगन क्ष्लतभचअभउत० अभियान अन्तर्गत खटिएको प्रहरी टोलीले उनिहरुको साथबाट डाइजेपाम १०६ एम्पुल, बुपृनोर्फिन १०६ एम्पुल र फेनारगन १०६ एम्पुल फेला पारेसँगै नियन्त्रणमा लिएको हो । पक्राउ परेका दुबै जनाको जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
2
+1
2
+1
1
+1
0
+1
1