एसियन लाईफ इन्स्योरेन्स को १६ औँ बार्षिकोत्सवमा गाईघाट शाखाद्धारा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

पूर्णपुष्टि, २१ चैत्र ।
एसियन लाईफ इन्स्योरेन्स गाईघाट शाखाले कम्पनीको १६ औँ बार्षिकोत्सवमो अवसरमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरेको छ । बुधबार गाईघाट शाखाले त्रियुगा नगरपालिका ९ गैरुन स्थित जनता प्राथामिक विद्यालयका करिब ४० भन्दा बढी विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरेको कम्पनीका गाईघाट शाखा प्रमुख मेनुका खत्री (बस्नेत) ले जनाईन् । खत्रीका अनुसार विद्यालयका विपन्न र दलित परिवारका विद्यार्थीहरुलाई उक्त सामाग्री वितरण गरिएको हो ।

शैक्षिक सामाग्री अन्तर्गत कापी, कलम, ज्यामेटी बक्सहरु वितरण गरिएको हो । उक्त सामाग्री शाखा प्रमुख खत्री सहितको टोलीले विद्यालयका प्रअ दुर्गानन्द चौधरीलाई हस्तान्तरण गरेको छ । सामाग्री संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत वितरण गरिएको प्रमुख खत्रीले जनाईन् । शाखाले बिगतबाटै बिभिन्न सामाजिक गतिविधिमा सहभागी जनाउनुका साथै सहयोगहरु पनि गर्दै आएको छ । शैक्षिक सामाग्री सहित अभिकर्ता र कर्मचारीहरुले पनि खाद्यन्नहरु प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0